३१ असार ,काठमाडौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिँदै भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच रहेको मित्रताको गहिरो सम्बन्धलाई थप सुमधुर बनाउन प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरे ।
साथै उनले दुवै देशका जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न निकट रहेर काम गर्न आफू तयार रहेको बताए ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले आज प्रधानमन्त्रीमा पद तथा गोपनीयताको सपथ लिनुका साथै पदभार ग्रहण गरिसकेका छन् ।



