Comments Add Comment

Advertisment

SKIP THIS

वैदेशिक रोजगारीमा हिडेका ७ महिला भारतमा अलपत्र : ब्युरोले उद्धार गरि काठमाडौं ल्यायो

काठमाडौं, भारतमा अलपत्र परेका ७ महिलालाई प्रहरीले उद्धार गरेको छ।

भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा जान हिडेका सात महिलालाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले दुई साताअघि उद्धार गरेको हो।

कुवेत,ओमन लैजाने भन्दै भारत पुर्‍याएर एजेन्ट सम्पर्कविहीन बनेपछि अलपत्र परेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाद पंगेनीले बताए।

‘अलपत्र परेपछि भारतीय हेल्पक्रस संस्थाको सहयोगमा उद्धार गरेका हौंʼउनले भने। हेल्पक्रस संस्थाले नेपाली दुतावासलाई पत्रचार गरेपछि ब्युरोले उद्धार गरेको उनले जानकारी दिए।

उनीहरू २५ देखि ३५ वर्षउमेरका छन्। उनीहरू सोलुखुम्बु, रूपन्देही, सुर्खेतका जिल्लाका स्थानीय हुन्।

उद्धार गरेर ती महिलालाई ललितपुरको शान्ति पुनस्थापना गृहमा राखिएको एसपी पंगेनीले बताए। यसबारे थप अनुसन्धान भइहरेको एसपी पंगेनीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै