Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरबाट खटिएको प्रहरीले बलात्कारको आरोपमा गोलढुङ्गाबाट आशिष थापालाई पक्राउ

ललितपुर । काठमाडौंको तार्केश्वर नगरपालिका–५ स्थित गोलढुंगाबाट प्रहरीले बलात्कार आरोपमा एकजना युवकलाई प्रहरीले गोलढुङ्गाबाट युवक पपक्राउ गरेको छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भएर गोलढुंगा बस्ने ३६ वर्षीय आशिष थापा भन्ने आशिष थापा क्षेत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले बताए ।

आरोपीले २८ वर्षीया युवतीलाई ललितपुर स्थित निजको टहरामा गएर बलात्कार गरेको एसएसपी शिद्धिविक्रम शाहले बताए । पीडित छोराछोरी सहित सुतिरहेको अवस्थामा आरोपीले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडितले जेठ ३ मा प्र्रहरी वृत सातदोवाटोमा जाहेरी दिएकी थिइन् ।

आरोपीलाई प्रहरी वृत बालाजुको समन्वयमा पक्राउ गरिएको र आशिष थापाविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै