Comments Add Comment

Advertisment

SKIP THIS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने मानव तस्करीको जालो तोडदै मानव बेचबिखन ब्युरो

काठमाडौं: मानव तस्करको समूहले भिजिट भिसामा विदेशका विभिन्न मुलुकमा लैजान लागेको आशंकामा मानव बेचबिखन ब्युरोले ५ महिनाको अबधिमा ३ हजार जना भन्दा बढीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । ब्युरो प्रहरीले कडाइ गरेसँगै भिजिट भिसाका नाममा खाडी मुलुकमा काम खोज्न जाने क्रममा केही कमि आयको पनि तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगारीमा जान चाहने युवायुवतीलाई प्रलोभनमा पारेर दलालले सेटिङ मिलाई भिजिट भिसामा पठाउने गरेका छन्। यसमा तस्कर, म्यानपावर व्यवसायी तथा अध्यागमन विभागलगायतको मिलेमतो पाइएको छ । अध्यागमनकै सेटिङमा मानव तस्करी बढेपछि नेपाल प्रहरीले नै सक्रियता बढाएर शंकास्पदहरुलाई आफैं रोक्दै आएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी जिबन श्रेष्ठले भिजिट भिसाको आवरणमा मध्यरातमा हुने उडानमार्फत खुलेआम मानव तस्करी हुन थालेको सूचनापछि नियन्त्रणका लागि विशेष अपरेसन सुरु गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भिजिट भिसामा जान लागेका यात्रुको कागजपत्र शङ्कास्पद छ । सोधपुछका क्रममा कसलाई भेट्न कहाँ जान लागेको भन्नेबारे समेत उनीहरूलाई जानकारी छैन । मानव तस्करीमा पर्ने आशङ्का देखिएपछि फिर्ता गरिएको हो ।” ‘यसरी गएका श्रमिक गन्तव्यस्थलमा अलपत्र परेको उजुरी आउने क्रम बढ्दो छ,’ उनले भने , दुबई, कुवेत लगायत विभिन्न देशमा भिजिटमा गएर अलपत्र गरेका धेरै जना युवा-युवती हालै अनुसन्धान ब्युरोमा आएको छ।’ कतिपय जानाजान श्रम स्वीकृति नलिएर भिजिट भिसामा जाने गरेको पाइएको छ ।अधिकांशलाई भने तस्करले झुक्याएर पठाउने गरेका छन्।

दैनिक डेढ सयभन्दा बढी श्रमिक भिजिट भिसाका नाममा विदेश उड्ने गरेका छन्। धेरैजसोलाई दुबई, कुवेत, इराक तथा सिरियामा घरेलु श्रमिकमा लगाइने गरेको पाइएको छ। यसरी गएकाको हकमा वैदेशिक रोजगार ऐन आकर्षित हुँदैन। उनीहरू समस्यामा परे उद्धार तथा सेवासुविधा दिलाउन समस्या पर्छ। स्वयं व्यक्ति नै जिम्मेवार हुनुपर्छ। बढ्दो बेरोजगार, नाजुक आर्थिक अवस्थाले महिलाहरूसमेत विदेश जाने प्रवृत्ति बढ्दै गएको छ।

मानव तस्करीमा संलग्न माथि नेपाल प्रहरीले निगरानी बढाएको र अपराधमा संलग्न व्यक्तिहरुलाई कारबाही प्रकृया बढाइरहेका भएपनी मानव तस्करी नियन्त्रण गर्न कठिन भएको प्रहरीको उच्च स्रोतले बताउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै