Comments Add Comment

Advertisment

SKIP THIS

रामेछापबाट बनेपा जान भनेर बस चढेकी किशोरी बलात्कृत : बस चालकलाई प्रहरी पक्राउ

काठमाडौं– रामेछापबाट बनेपा जान भनेर बस चढेकी एक किशोरी बलात्कृत भएकी छन्। बलात्कार आरोपमा प्रहरीले बसका चालकलाई पक्राउ गरेर मुद्दा समेत दर्ता गरिसकेको छ।

घटना वैशाख १८ गतेको हो। रामेछापको बन्दीपुरबाट आफ्ना बाबु डेरा लिएर बस्दै आएको बनेपा जान भनेर एक किशोरी बस चढेकी थिइन्। तर राति अबेरसम्म पनि छोरी नआएपछि उनका बाबुले प्रहरीमा उजुरी समेत दिएका थिए।

त्यसपछि खोजतलासमा जुटेको प्रहरीले हुलियाको आधारमा भोलिपल्ट १९ गते कोटेश्वरमा ती किशोरीलाई भेटेको थियो। सोधपुछको क्रममा ती किशोरीले आफूमाथि बलात्कार भएको बताइन्।

बन्दीपुरबाट काठमाडौं आउँदा चढेको बा ३ ख २१३७ नम्बरको बसका चालक ३० वर्षीय कुमार कसाइले बलात्कार गरेको बताएपछि प्रहरीले चालकलाई पक्राउ गरेको थियो।

ती किशोरीलाई चालकले बनेपामा ओर्लन खोज्दा कोटेश्वर जडिबुटीसम्म जाउँ, तिमीलाई ट्याक्सीमा पठाइदिन्छु भन्दै फकाएर कोटेश्वर पुर्‍याएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। जडिबुटी ल्याएर २ घण्टासम्म गाडीमै राखेपछि चालकले ‘रात पर्‍यो, आज यतै बस्नुपर्छ’ भन्दै होटलमा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ।

कोटेश्वरको बिहानी गेस्टहाउसमा राखेर ती किशोरीलाई चालक कसाईले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बलात्कार आरोपमा पक्राउ परेका कसाइविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ को कसुर गरेको भन्दै सजाय मागदाबी गर्दै मुद्दा दर्ता भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै