२० जेठ , काठमाडौ । सरकारले निर्धारण गरेको ब्याजभन्दा बढी रकम लिनु आफैँमा गैरकानुनी हो। तर, चर्को ब्याजको लोभमा परेर डरलाग्दो तरिकाले मिटर ब्याज मौलाएको छ ।
मिटर ब्याजले निम्त्याएका अपराधको लहरो चाहिँ थोरै छैन । राजनीतिक दल आवद्ध व्यक्ति, व्यापारी र प्रहरीसमेत मिटर ब्याजमा लागेका छन्। मिटर ब्याजिहरुले महङ्गोमा अरुलाई ऋण दिने र दैनिकी रुपमा ब्याज असुल्ने गरेकाे तथ्य बाहिरिएकाे छ। सबै मिटरब्याज पीडितहरुले उजुरी गर्न सक्दैनन् यदी उजुरी गर्ने आँट गरे भने पनि उजुरी लिन प्रहरीले नमानेकाे घटनाहरु यथावत नै छन् ।
यसरी वास्तवमा मिटरब्याजीहरूको पहुँच भने उच्च तह सम्म हुने गरेकाे छ ।
यस्तै एउटा मिटर ब्याजीको फन्दामा परेका छन् एकजना ब्याक्ती (नाम गोप्य) राखेर उनलेे मिटर ब्याजमार्फत सम्पूर्ण सम्पत्ति हडप्ने प्रयासमा लागेको गुनासो लिएर न्युज २४ ग्यालेक्सीको सम्पर्क कार्यालयमा आइपुगेका छन् । बागलुङ जिल्ला घर भई हाल काठमाडौंको सामाखुशी बस्ने अन्दाजी ४४-४५ बर्षकी सम्पुर्ण घर्ती मगर खूंखार मिटर ब्याजीको नामले चिनिएकी महिला हुन ।
उनले मिटर ब्याजीको लिएको भन्दा तेब्बर रकम तिरिसक्दा पनि सबै सम्पत्ति हडप्न खोजेको, आफ्नो ज्यान मार्न खोजेको तथा अपहरण गर्ने धम्की दिएको पनि बताएका छन्। उनले सो धम्कीको प्रमाण जोगाएर मोबाइलमा राखेको पनि बताएका छन् ।
खूंखार मिटर ब्याजी सम्पुर्ण घर्ती मगरले समस्यामा परेकाहरूलाई चर्को ब्याजदरमा ऋण दिएर जमानीको रूपमा खाली चेकमा हस्ताक्षर गराउने वा जायजेथा आफ्नो नाममा पास गराउने गरेको र ठगी मुद्दामा केही समय जेल समेत बसेकी यस अगाडिका अनुसन्धानबाट खुलिसकेको छ् ।
प्रहरीबाट हामीले पाएको सुचना अनुसार सम्पुर्ण घर्ती मगरले हालसम्म कुनै उद्यम, व्यवसाय गरेको पाइएको छैन । ‘केही वर्षअघि उनको जीवनस्तर सामान्य देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘पछिल्ला दिनमा करोडौं मूल्यको विभिन्न ठाउँमा घर घडीहरू जोडेका छन् । आपराधिक सम्पत्ति आर्जन गर्ने उनको कारोबार विस्तार हुँदै गएको देखिएको छ ।’
किर्ते कपाली तमसुक बनाएर धाकधम्की दिँदै अकुत ब्याज असुल्ने र आपराधिक सम्पत्ति आर्जनमा लिप्त कुख्यात मिटर ब्याजी नाइकेहरूको गिरोह नै वर्षौँदेखि सक्रिय रहेको खुलेको छ । उनले घरजग्गा खाली गराउने र मिटर ब्याजको पैसा असुल्न पनि गुण्डागर्दीमा संलग्न छन् । घरजग्गा खाली गराउन र मिटर ब्याजको रकम असुल्न उनले कमिसन र सेयर माग्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनले १ लाख ऋण लिँदा दश हजार रुपैयाँ ब्याज भन्दै कटाएको खुल्न आयको छ । पिडितले भने ‘मैले मेरो कारोबार मिलाउन उनीसँग २० लाख मागेको तर १२ लाख पैसा दिएपछि २० लाखको चेक लगे, जब पैसा दिइन् त्यसपछि दैनिक १ लाखको ३ देखि ५ हजार ब्याज माग्न थाले त्यति मात्र होइन मलाई डर धाक देखाएर मेरो अरु चेकमा जबर्जस्ती सही गराएर लगे उनले भने ।
मिटर ब्याज अपराधको जड कपाली तमसुक कपाली तमसुकलाई अदालतले पनि मान्यता दिने भएकाले मिटर ब्याजमा ऋण लिनेहरू अवैध कारोबारीहरूबाट इन्तु न चिन्तु बन्ने गरेका छन् । कपाली तमसुकले कानुनी मान्यता पाउने भएकाले ऋण दिएपछि आफनो कब्जामा कपाली तमसुक राखेर मिटर ब्याजीहरूले मनमौजी ब्याज असुल्छन् । समयमा ऋण नतिरे तेब्बर–चौबर बढी साँवा कबोल गरेको तमसुक देखाउँदै घरजग्गा कब्जा गर्छन् ।
मिटर ब्याजमा लगानी गर्नेहरूले अर्कोको सम्पत्ति हडप्ने र अदालतमा मुद्दा हाल्ने तथा लाखौं लगानी गरेर करोडौं असुल्दा सामाजिक अपराधसमेत बढेको छ। काठमाडौंभित्र यस्ता धेरै घटना भए पनि बाहिर आउन सकेका छैनन्। मिटर ब्याजमा पैसा लगानी गर्दा सुरुमै खाली चेक लिने त्यसका मनलाग्दी रकम लेखेर बैंकबाट चेक बाउन्स गराएर राखेपछि मिटर ब्याजमा पैसा लिने मानिस त्यसकै फन्दामा परेर घरबारविहीन हुन पुगेका छन् ।
एक लाखको एक दिनको ब्याज एक हजार रुपैयाँ ब्याज समयमा तिर्न नसके ब्याजमा पनि ब्याज लगाउने सम्पुर्णको धन्दाले धेरै मानिसहरु पिडित भएका छन् । पीडित हुनेमा पनि फरक-फरक खालका ठगीमा उनीहरू परेको देखिएको छ। त्यस्तै कसैलाई ऋण दिने त्यसपछि जग्गा रोक्का राखिदिने र मिति तथा रकम नलेखेको चेकमा हस्ताक्षर गराएर राखिदिएको पीडितहरुको गुनासो छ। त्यस्तो गर्नेहरूले जग्गा फिर्ता माग्दा यति रकम दिने भए जग्गा फिर्ता दिन्छु नत्र खाली चेकमा जति भन्यो त्यति रकम भरेर बैङ्किङ कसुरमा फसाइ दिन्छुू भन्ने धम्की दिने गरेको पीडितहरुको गुनासो रहेकाे छ ।
यसरी समग्रमा अन्तत : घटना बिषयबस्तुलाई बुझ्दा मिटरब्याजि सम्पुर्ण घर्ती मगरले धेरै मानिसहरुकाे परिवारलाई घर न घाटकाे बनाई उठिबास नै बनाउदै आएकाे कुरा प्रश्ट भएकाे छ ।



