Comments Add Comment

इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

२८ मंसिर काठमाडौ । इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको अमेरिकाको भौगोलिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ । देशको पूर्वी नुसा टेंगारास्थित फ्लोर्स समुद्रमा सो भूकम्प गएको हो ।

समुद्रबाट पाँच किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको स्थानबाट एक हजार किलोमिटर क्षेत्रभित्र सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ । सन् २००४ मा ९ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपछिको सुनामीमा २ लाख २० हजारको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै