बिचारको सम्मान नहुने
कुबिचारको बैधता हुने
असत्य सत्यझै प्रचार हुने
सत्य असत्यझै प्रचार हुने
ब्यवस्था आफैमा बिग्रेको छ
अबस्थामा संचालक बिग्रेका छन्।
देश के हो राज्य के हो
संचालन गर्ने अनुभव के हो
ब्यबस्थाको अबस्था नबुझ्ने
संचालकको बिचार के हो
यसै यसै बिचार फलाक्ने
राजनितिज्ञका अबस्था के हो
जथाभावी भोट हाल्ने हामी
मूल्याङ्कनको अबस्थाको के हो?
राज्य संगठनका संचालकहरूको
अबस्था के हो अबस्थिती के हो
म के हु भन्ने बास्तबिकता के हो
राज्य के हो संचालक के हुन्
थुक्क आफैलाई लाजमर्दा पनि
म महुँ भन्दा पनि म पदमा छु भन्दा
आफैलाई आफैले गिज्याउँदा पनि
म म भन्दा लाजमर्दो अबस्था छ।
राज्य राज्यजस्तो भएन भने
खबरदार नयाँ संरचनाको बिकासमा
अब नयाँ राज्य हुनेछ हाम्रो आफ्नो
आफैमा राज्य हुनेछ जाहाँ स्वघोसित
भ्रस्ट्राचारी देशबाट लखेटिने छन्
त्यो दिन धेरै टाढा छैन खबरदार।
आज देश बिग्रिएको छ आफैमा
राजनितिमा अठेसमठेस भएको छ
प्रशासकबाट देश गोलमटोल छ
कता छ गति कता छ मति
बेकारहरूबाट देश बिग्रिएको छ
भ्रष्टहरूबाट देश बिग्रिएको छ।
न नियम छ न निती छ यहाँ
छ त केवल सम्बन्ध र लोभ
थुक्क संगठनका आयामहरू
आफु अनि संगठनको बिश्वासमा
संकटको घन्टिहरू कैयन पटक
नकारात्मक बज्दा पनि आफु आफैमा
दम्भको पद बोझ हुन नसकेको
बिग्रिएको मैले बोकेको मेरो देश।
कैयन आँधिहरूले सगेटन नसकेको
मेरो देश आफन्तहरूबाट आफैमा
कैयन पटक आफैमा हाँरिरहदा पनि
निधक्क हेरिरहेका मेरा संचालकहरू
देश बिग्रिरहेको देखेर पद लोलुपतामा
मग्दहुँदा हुदा तिमीलाई थाहा हुनु पर्ने
तिम्रोसन्तान देशअब्बलहुदा खुशी हुने थिए।
आज प्रकारान्तरले देश बिग्रिएको छ
देशमा अराजकता रोपिएको छ
कुन्नि कस्को नाममा हो देश बिग्रिएको छ
कलंकित छ राज्य आज आफ्नो नाममा
छुट कसैलाई छैन भगिदार सबै छन्
आज मेरो देश आफैमा बिग्रिएको छ।।
यो कविताको लेखक नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरे हुन् ।



