Comments Add Comment

कालीकोटमा शिकारीले हानेको गोली लागेर १७ वर्षीया एलिसा सहकारीको मृत्यु

कालीकोट । कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया एलिसा सहकारीको मृत्यु भएको हो ।

जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय शिकारीको गोली लागेर सहकारी घाइते भएकी थिइन्।

प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गरिएको थियो र उपचारकै क्रममा आइतबार सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए।

गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी उनको टाउकोमा गोली लागेको थियो। आइतबार नै पोष्टमार्टम गरी सुर्खेतको गिरीघाटमा उनको अन्त्येष्टि गरिएको छ। उनी कक्षा–१० मा पढ्दै थिइन्।

घटनाका विषयमा अनुसन्धान भइरहेकोकालिकोट जिल्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शुभराज बमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै