Comments Add Comment

Advertisment

SKIP THIS

मधेस प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

२३ जेठ , काठमाडौ । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नोे नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट दीगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोतसाधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने यसअघि प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेको छ ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकार गत वर्ष पुस २९ गते गठन भएको थियो भने सरकारमा जनता समाजवादी पार्टी ९जसपा०सहित नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनमत पार्टी, नेकपा ९एकीकृत समाजवादी० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment