Comments Add Comment

Advertisment

SKIP THIS

मधेस प्रदेशमा सशस्त्र प्रहरीको सक्रियता: ६ महिनामा २४ करोडभन्दा बढिको अवैध सामान नियन्त्रणमा

२२ असोज , काठमाडौ । सशस्त्र प्रहरी बल नेपालले तराईका जिल्लाहरुमा हुने अवैध क्रियाकलाप नियन्त्रणमा थप सक्रियता देखाएको छ ।

२०७९ चैत्रदेखि २०८० भदौ १५ गतेसम्मको अवधिका सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहतका इकाईहरुले २४ करोड भन्दा बढिको अवैध सामान नियन्त्रणमा लिएको छ ।

सो अवधिमा २० करोड ७७ लाख ६ हजार १ सय ४४ रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान, लत्ताकपडा, मोटर पार्ट्स, सवारी साधन लगायतका सामान नियन्त्रणमा लिई सम्बन्धि नियकायमा बुझाई सकेको छ ।

त्यस्तै १ करोड १ लाख ४४ हजार ३ सय ९३ रुपैयाँ बराबरको पशुचौपाया, श्रोत नखुलेको नेपाली रुपैयाँ ९९ लाख ४ हजार ३ सय १५, भारतीय रुपैयाँ २८ लाख १७ हजार ३ सय १५ समेत बरामद भएको छ । यसैगरि सोही अबधिमा ७९ लाख ४२ हजार ६ सय ५० रुपैयाँ बराबरको करीव २ हजार ८ सय १३ क्यूफिट काठ र ८ लाख ४८ हजार ५ सय ५३ रुपैयाँ बरारको सुन तथा चाँदी बरामद गरेको छ ।

यसैगरी सोही अवधिमा करीव १ हजार ३ के.जी। गाँजा, ३७.७१ के.जी। चरेश, ५ हजार ७ सय ७ वटा विभिन्न किसिमका लागुऔषध ९नर्फिन, फेनार्गन, डाईजेपाम, कोरेक्स, सिरिन्ज, नाईट्रोभेट० ट्याब्लेट बरामद भएको छ ।

त्यस्तै ४ नाल हतियार, २० वटा गोली, २ वटा म्याग्जिन र १२ वटा कार्टिज बरामद भएको छ । भारतमा बेचबिखन गर्न लगिएका २० जना नेपाली चेलीबेटीहरुको उद्धार गरिएको छ, भने सो कार्यमा संलग्न रहेका १ सय १० जनालाई पक्राउ गरिएको छ ।

चोरीपैठारी लगायतका कार्यमा प्रयोग भएका ६ सय ४६ वटा विभिन्न कम्पनीका सवारी साधन समेत बरामद गरि भन्सार दाखिला गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

दशै तिहारमा हुन सक्ने चोरी तस्करी नियन्त्रणका लागि समेत मधेस प्रदेशको सिमा नाकामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment