Comments Add Comment

Advertisment

SKIP THIS

चाँगुनारायणकी एक महिला मृत अवस्थामा फेला

२३ जेठ , काठमाडौ । गत बुधबारदेखि बेपत्ता भएकी भक्तपुर,चाँगुनारायणकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

चाँगुनारायण नगरपालिका वडा नं.९ ताथली सौडोलकी ३९ वर्षीय सुनमाया न्हेम्हाफुकी नालाको जंगलमा नाम्लोको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा शनिबार (हिजो) दिउँसो फेला परेकी हुन् ।

बुधबार विहान घर नजिकैको खेतमा रोपाईं गरेर फर्केपछि खाना खाएर बाहिर निस्केकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिईन् ।

उनको घरमा पनि कुनै किसिमको झैझगडा नपरेको परिवारजनले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका एक छोरा, एक छोरी र श्रीमान छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment