Comments Add Comment

Advertisment

SKIP THIS

धम्क्याएर चन्दा असुली गर्ने दुई जना पक्राउ

१८ असार , काठमाडौं । विराटनगरमा उद्योगीलाई धाक धम्की दिँदै चन्दा असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मोरङ पथरीशनिश्चरे–६ घर भई हाल विराटनगर महानगरपालिका ४ कञ्चनवारिमा बस्ने ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे ६ का २६ वर्षीय विशाल ऋषिदेवलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये कार्की मुख्य गिरोह हुन् । उनले विराटनगर–३ घर भएका उद्योगी ४७ वर्षीय मुकेश शर्मालाई फोनमार्फत धम्की दिँदै पाँच लाख रुपैयाँ फिरौती मागेको प्रहरीको दाबी छ ।

उद्योगी शर्माको विराटनगर ७ मेन रोडमा अगर बत्तीको उद्योग छ । उनले विगत १८ वर्षदेखि अगरबत्ती उद्योग सञ्चालन गर्दै आएका छन् । पक्राउ परेका कार्कीले जेठ १३ गते उद्योगी शर्माको घरमा चिठ्ठी पठाएका थिए । फिरौती रकम माग गर्ने मुख्य गिरोह कार्कीले आईएमीमा पैसा झिक्न ऋषिदेवलाई पठाएको प्रहरीले जनाएको छ ।

ऋषिदेवलाई पक्राउ गरेपछि शुक्रवार कार्कीलाई घरदेखि पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले धम्की र असुलीका कारण अरू पनि पीडित भएको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुसन्धानको दायरा फराकिलो पारिएको जानकारी दिए । पक्राउ परेका विरुद्ध ठगी तथा आपराधिक लाभअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment