Comments Add Comment

Advertisment

SKIP THIS

सुनकोशी नदीमा खसेको गाडीसहित सिटिइभिटीका दुई कर्मचारीको शव भेटियो

काठमाडौं : सिन्धुलीस्थित सुनकोशी नदीमा खसेको सिटिइभिटीका कर्मचारी चढेको गाडी अन्दाजी ३० फिट गहिराइबाट निकालिएको छ।

मंगलबार सवा ६ बजे नदीबाट गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारी निकालेको हो।

उक्त गाडी भित्रै दुई जना कर्मचारीको पनि शव फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

गत शुक्रबार बिहान अन्दाजी साढे ११ बजे गोलन्जोर गाउँपालिका–७ लौकुनबाट बा १ झ ७४६७ नम्बरको गाडी नदीमा खसेको थियो। डिएसपी थापाका अनुसार खसेको स्थानबाट करिब २ सय मिटर तल गाडी फेला परेको हो।

फेला परेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले एक्साभेटरको प्रयोग गरी गाडी निकालेको हो। गाडीमा सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल सवार थिए। तर उनीहरूमध्ये कसको शव फेला परेको हो खुलिसकेको छैन।

उनीहरूमध्ये एक जना अझै बेपत्ता छन‍्।

गाडीका चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते थिए।

दुर्घटना भएपछि बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरको टोली खटिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै