Comments Add Comment

Advertisment

SKIP THIS

टेकनारायण पाण्डेको तर्फबाट रमण श्रेष्ठको बहस सुरु, बालकृष्ण खाणको पनि आजै थुनथेक

२९ जेठ , काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहसचिव टेकनारायण पाण्डेको पक्षमा आज पनि बहस जारी रहेको छ । पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका हुन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबार पनि दिनभर पाण्डेको तर्फबाट बहस भएको थियो । उनको तर्फबाट अधिवक्ताहरू राम घिमिरे, शरद कोइराला, डा।गणेश रेग्मी र जगतप्रकाश जोशीले बहस गरेका थिए । आजै पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि आजै थुनथेक हुने छ ।

हालसम्म अदालतमा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, टोपबहादुर रायमाझी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई पक्षका वकिलले बहस गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै