Comments Add Comment

Advertisment

SKIP THIS

न्युरोडमा दाइको हत्या आरोपमा भाइ पक्राउ

३० जेठ , काठमाडौ । दाइको हत्या गरेको आरोपमा न्युरोडबाट भाइ पक्राउ परेका छन् । ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या आरोपमा भाइ २५ वर्षका सुरज शाक्यलाई प्रहरीले पक्राउ गरेको हो।

गएराति करिब १२ बजेतिर काठमाडौं महानगरपालिका– २३ ओमबहाल माथेमा चोकस्थितमा आफ्नै घरमा दाजुभाइबीच घरायसी विषयमा विवाद भएको थियो। विवादका क्रममा सुरजले धारिलो हतियार र हतौडाले दाइ सूर्यको टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगर– २५ सिघलमा लुकिछिपी हिँडिरहेको अवस्थामा सुरज शाक्यलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment