Comments Add Comment

Advertisment

SKIP THIS

केल्मी ब्राण्डका नक्कली १२०० थान कपडा सहित सञ्चालकलाई प्रहरीले पक्राउ

काठमाडौं । प्रहरीले केल्मी ब्राण्डको नक्कली कपडा उत्पादन गर्ने काठमाडौं महानगर वडा नं. २२ प्युखास्थित सुजन सिर्जन शिवम् रेडिमेड स्टोरका सञ्चालकलाई पक्राउ गरेको छ ।

कपी राइट उल्लंघन गर्दै नक्कली त्यस स्टोरमा केल्मी ब्राण्ड उल्लेख गरी अनधिकृत रुपमा लागो प्रयोग गरेर बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले स्टोरमा खानतलासी तथा चेकजाँचका क्रममा १२ सय थान कपडाहरुसहित सञ्चालकहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पर्वत ठूलोपोखरी गाउँपालिका ३ स्थायी घर भइ हाल काठमाडौं महानगर २१ स्थित भोटेबहाल बस्ने ४४ वर्षीया सानुमाया र बारा पिपरपाती पचरौता नगरपालिका १ का हाल काठमाडौं महानगर १५ चौमतीस्थित ३१ वर्षीया एमडी उमर अन्सारी रहेका छन् ।

प्रहरीले स्टोरबाट ट्राउजर, जम्पर, टिसर्ट, हाफलगायत करिब १२०० थान कपडा बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै