Comments Add Comment

Advertisment

SKIP THIS

सबै खोला किनाराको अवैध संरचना भत्काउन सुरू

७ पुष , काठमाडौं । काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित देवी नगरमा डोजर चलाएको छ । खोलाको मापदण्ड मिचेर बनाइएका संरचना खाली गर्न कामपाले पटकपटक दिएको चेतावनीलाई अटेर गरेपछि कामपाले बुधबार डोजर चलाएको हो ।

कामपा प्रहरीले यसअघिको घटनाबाट सिक्दै प्रहरीमाथि हुनसक्ने आक्रमण रोक्न सबै प्रहरीलाई सुरक्षा कवच व्यवस्था गरिएको थियो । यसअघि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन गएका कामपा प्रहरीमाथि सांघातिक आक्रमण भएको थियो । अवैध संरचना हटाउन कामपा नक्सा विभागले गरेको सिफारिसलाई कामपा प्रमुख बालेन्द्र साहले स्वीकृत गरेपछि संरचना भत्काइएको हो ।

कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले पहिलो चरणमा ५० मिटर लामो क्षेत्रका संरचना हटाइएको जानकारी दिँदै भन्नुभयो– ‘५ वटा सटर, ६ वटा गेट र त्यतिकै संख्यामा घर कम्पाउन्ड भत्काइएको छ । घरका सामान निकाल्न केही दिन समय दिएका छौं, त्यसपछि फेरि घरभित्रै डोजर चलाउनेछौं ।’ कामपा प्रमुख साहले निर्णय गरेपछि थप संरचना भत्काइने जानकारी दिँदै उहाँले भन्नुभयो– ‘अहिले भत्काएका संरचना खाली नगरे फेरि डोजर लिएर तत्काल भत्काइने छ ।’

कामपाले धोबीखोलाबाहेक मनोहरा, विष्णुमती, इच्छुमती, वागमती खोला किनारामा बनाइएका सबै अवैध संरचना हटाउने गरी योजना तयार गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै