Comments Add Comment

Advertisment

SKIP THIS

बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटना मन्त्रीसिंह सहित ४ जना घाइते

बझाङ– बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ।

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सु प्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।

दुर्घटनामा परि मन्त्रीसिंह सहित ४ जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै