Comments Add Comment

Advertisment

SKIP THIS

भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि मेयर बालेनविरुद्ध उच्च अदालतमा रिट दायर

६ असार ,काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले उच्च अदालतमा रिट दायर गरेको छ ।

बुधबार चलचित्र संघले अदालतमा रिट दर्ता गराएको हो । दर्ता भएको रिटको पेशी बिहीबारका लागि तोकिएको छ ।

मेयर बालेलने भारतीय चलचित्र आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने डायलग नहटाएको भन्दै महानगरभर भारतीय चलचित्र प्रर्दशनमा रोक लगाएका थिए ।

मेयर बालेनको उक्त निर्णय कानुनसम्मत नरहेको भन्दै हल सञ्चालकहरु अदालत गएर रिट दर्ता गराएका हुन् । रिटमा भारतीय चलचित्र प्रदर्शनको माग गरिएको छ ।

बुधबार मेयर बालेनका पछिल्ला गतिविधिप्रति असन्तुष्टि हुँदै महानगरका शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पनि पदबाट राजीनामा दिएकी छिन् ।

मेयर बालेनका पछिल्लो शैक्षिक मेला, भारतीय चलचित्र ‘आदिपुरुष’ का आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment