लागूऔषध नियन्त्रण ब्यूरोले २ करोड बराबरको लागूऔषधसहित १२ जनालाई पक्राउ गर्न सफल -
Comments Add Comment

लागूऔषध नियन्त्रण ब्यूरोले २ करोड बराबरको लागूऔषधसहित १२ जनालाई पक्राउ गर्न सफल

काठमाडौँ । लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । आठ चरणको अपरेशन चलाएर एक दर्जन आरोपीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवम् एसपी चक्रराज जोशीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक हेमन्तकुमार शर्मा, राम भजन भन्ने सञ्जिवकुमार, जर्मन नागरिक पाउल रेष्ट, चितवन घर भएका २९ वर्षीय महेश चौधरी र काठमाडौँको चन्द्रागिरी घर भएका सुगम मैनाली छन् । एनसीबीले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित ५ जनालाई पक्राउ गरेको हो । प्रहरीले ५ असारमा ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेको थियो ।

मैनालीमार्फत अनुसन्धान गर्दै जाँदा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ गरिएको ब्यूरोका एसपी जोशीले बताए ।

सेरना र गौतमको बयानका आधारमा एनसीबीले गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेबिड मण्डियोलाई पक्राउ गरेको थियो । इटालिनय डेभिडको साथबाट प्रहरीले १० हजार १ हजार ९८ थना एलएसडी स्टिकर, ३८ ग्राम एम्फेटामाइन र ६ ग्राम चरेश बरामद गरेको ब्यूरोले जनाएको छ ।

त्यस्तै, प्रहरीले हेमन्तकुमार शर्माको साथबाट १ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ । जर्मन नागरिक पाउलको साथबाट ६ केजी ८६० ग्राम चरेश बरामद गरिएको छ । उनी काठमाडौंबाट चरेश बोकेर इस्तानबुल हुँदै जर्मन जाँदै थिए । ललितपुरको युएन पार्कबाट पक्राउ गरिएका महेश चौधरीको साथबाट कोडिन १६ बोत्तल बरामद गरिएको छ ।

ब्यूरोले सञ्चालन गरेको पाँचौ अपरेशनमा ३ ग्राम ७ सय मिलिग्राम कोकिन र एलएसडी स्टिकरसहित काठमाडौं महानगरपालिका–१८ घर भएका मुखिया गुरुङ, मोरङ घर भएका राज गौतम र चेक रिपब्लिकका नागरिक ३२ वर्षीया मार्टिना सेरना पक्राउ गरेको हो ।

छैटौं चरणको अपरेशनमा ठमेलबाट इटालिनय डेभिडको साथबाट प्रहरीले १० हजा १ सय ९८ थना एलएसडी स्टिकर, ३८ ग्राम एम्फेटामाइन र ६ ग्राम चरेश बरामद गरेको छ ।

काठमाडौंको बालाजुबाट प्रहरीले धादिङ घर भएका ४२ वर्षीय दावा तामाङ र ३३ वर्षीय नर बहादुर तामाङलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले २ ग्राम ४५० मिलिग्राम मेथाम फेटामाइन बरामद गरेको छ ।

काठमाडौंबाट ओमानको मस्कट जान लागेका झापाका २४ वर्षीय सुमन लिम्बुलाई ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलबाट पक्राउ गरेको छ । लिम्बुको साथबाट ४ केजी ७५० ग्राम गाँजाको धुलो बरामद गरिएको ब्यूरोले जनाएको छ ।

प्रतिवादीहरूको साथबाट बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी २ करोड ३३ लाख १५ हजार २५० रहेको प्रवक्ता जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै