Comments Add Comment

Advertisment

SKIP THIS

रवि लामिछानेप्रति ओलीको टिप्पणी- टीभीमा समाचार भन्नुपर्ने उम्मेदवार बनेका छन्

२८ कात्तिक , काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई समाचार भन्ने मान्छे उम्मेदवार बन्न आएको भन्दै टिप्पणी गरेका छन् ।

चितवन सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै ओली चितवन क्षेत्र नम्बर २ का उम्ेमदवार रेहका लामिछानेप्रति उक्त टिप्पणी गरेका हुन् ।

उनले भने, ‘मैले सुनेको छु, यस क्षेत्रमा अनेक थरीका मान्छे उठ्या छन्, कोही बिरामी जाँच्नुपर्ने अस्पताल छाडेर यता आएका छन्, कोही टेलिभिजनमा समाचार भन्नुपर्ने मान्छे त्यो छोडेर यता आएका छन्, कोही के गर्नुपर्ने, कोही के गर्नु पर्ने मान्छे चिन्नु न जान्नु कता हिँडेको हो थाहा छैन । घण्टी बजाएका छन्, बाटो सोधेका छने ।’

चितवन–मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका लामिछाने राजनीतिमा आउनुअघि टेलिभिजनमा कार्यक्रम प्रस्तोता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment