Comments Add Comment

Advertisment

SKIP THIS

सर्वोच्चद्वारा अदालतको अवहेलनासम्बन्धी मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग

१२ असार , काठमाडौ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ माग गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मेयर बालेनविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो ।

यसअघि मेयर बालेनले अदालतको आदेश नमान्ने भनी अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षा झाले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

मेयर बालेनले भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शनलाई लिएर हल सञ्चालकले दायर गरेको मुद्दामा पाटन उच्च अदालतको आदेश नमान्ने बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत् आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर उक्त फिल्म चल्न नदिने अडान लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment