Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको फोहोर बाटैमा अलपत्र, प्रभावितको समस्या समाधान कहिले ?

४ साउन , काठमाडौ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले वैज्ञानिक तवरले फोहोरको व्यवस्थापन गरिदिने आश्वासन दिएको १३ महिना बितिसक्दा पनि बेवास्ता गरेको भन्दै ककनी र धुनीबेसीवासीका स्थानीय १ सय ७६ औं आन्दोलनमा उत्रिएका छन् ।

साउन १ गतेबाट फोहोर बोकेर गएका गाँडी बञ्चरेडाँडासम्म पुगेका छैनन् । अव्यवस्थित ढंगबाट फोहोर विसर्जन गर्दा झिँगा धेरै आउन थालेपछि आक्रोशित बनेका स्थानीय ‘वार कि पार’ भन्दै आन्दोलित छन् ।

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित स्थानीय तहरुबीच २३ जेठ २०७९ मा १० बुँदे सहमति भयो । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनको आधारमा अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरी अधिग्रहणको प्रक्रिया थाल्ने सहमति भएपछि आन्दोलन स्थगित भयो । हप्तादिनसम्म काठमाडौंको सडकमा थु्रपिएका फोहोर बञ्चरेडाँडा पुग्यो । तर, १३ महिनासम्म सहमति अनुसार काम सुरु नभएको भन्दै फोहोर फेरि रोकिएको छ । विकास निर्माण, सडक पूर्वाभार, अस्पताल लगायतका अन्य राहतको आश्वासन पाएका स्थानीय अझै पनि सहज सडक सञ्जालको पहुँचबाट टाढा छन् ।

काठमाडौं महानगरपालिकाले पनि ल्यान्डफिल लाइट क्षेत्रको वैज्ञानिक अध्ययन गरेर प्रभावित क्षेत्र छुट्याउने र अध्ययन प्रतिवेदनका आधारमा तोकिएको काम गर्ने सहमति २६ जेठ, २०७९ मा गरेको थियो । निर्वाचित भएपछि बञ्चरेडाँडा मै पुगेर वैज्ञानिक फोहोर व्यवस्थापनको आश्वासन बाँडेका प्रमुख शाह र पुनः परमपरागत ढंगले फोहोर फालिदै गर्दा स्थानीय ‘कि हामीलाई मारी दे, कि बस्ती सारी दे’ भन्न वाध्य छन् । मानव र फोहोरसँगै बस्न सक्छ कि सक्दैन भनेर उनीहरूले प्रमुख शाहलाई प्रश्न गरेका छन् ।

यस अघिका आन्दोलनमा भएका निर्णय कार्यान्वयन नभएपछि जनप्रतिनिधिसहित ‘अत्ति भयो’ भन्दै सडकमा उत्रिएका स्थानीयहरू फोहोर वा मानव बस्तीको व्यवस्थापनको माग गरिरहेका छन् ।

फोहोर व्यवस्थापन वैज्ञानिक ढंगले हुन नसक्दा स्थानियको स्वास्थ्यमा गम्भीर असर मात्रै परेको छैन, उनीहरुको भान्सामा झिंगाको आतंक नै फैलिएको छ । फोहोर काठमाडौंको सास्ती ककनी र धुनिवेसीका जनतालाई भन्दै आन्दोलन चलेपनि यो समस्या समाधान हुन सकेको देखिन्न । सरकारले आजै वार्ताको प्रयास गरेपनि वार्ता सफल हुन सकेन् । ल्याण्डफिल साइटका प्रभावितको समस्या समाधान गर्न सरकारले पहल गर्नैपर्ने आवाज बलियो बन्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment