Comments Add Comment

Advertisment

SKIP THIS

सालीको अनुहार जोडेर अश्लील भिडियो बनाएको आरोपमा भिनाजु पक्राउ

५ साउन , काठमाडौ । सालीको अनुहार जोडेर अश्लील भिडियो बनाएको आरोपमा भिनाजु पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले काठमाडौंको रवि भवनका २८ वर्षीय कमल घिमिरे (नाम परिवर्तन)लाई पक्राउ गरेको हो । प्रहरीका अनुसार डेढ वर्षदेखि डेनमार्कमा बस्दै आएकी साली (कमला)को अनुहार जोडेर कमलले अश्लील भिडियो बनाएका थिए ।

उनले सालीको नाममा नक्कली अकाउन्ट बनाएर त्यसैबाट कमलालाई ती भिडियोहरु पठाएका थिए । भिनाजुले आफूलाई मानसिक यातना दिएको आरोप कमलाको छ ।

यता कमलले आफू दलित भएको र अन्तरजातीय विवाह भएका कारण सासू र साली मिलेर श्रीमतीलाई आफूबाट छुटाउन खोजेकाले रिस पोखेको बयान दिएका छन् ।

आफूले प्रेम विवाह गरेको र सामान्य झगडा हुँदासमेत श्रीमतीलाई माइत बोलाइहाल्ने र अर्कै केटासँग विवाह गर भनेर सुझाव दिने गरेकाले आफूलाई रिस उठेको कमलले प्रहरीलाई बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै