Comments Add Comment

Advertisment

SKIP THIS

फास्ट ट्रयाकमा फागुनभित्रै सुरुङ खन्ने तयारी

२७ माघ , काठमाडौ । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)मा फागुनभित्रै सुरुङमार्ग निर्माण थाल्नेगरी तयारी भइरहेको आयोजनाले जनाएको छ । सुरुङमार्गको इपीसी (इन्जिनियरिङ प्रक्र्युमेन्ट एण्ड कन्स्ट्रक्सन)मोडल अनुसार निर्माण कम्पनीले तयार पारेको डिजाइन स्वीकृत भएसँगै अहिले फिल्ड सर्भे र क्याम्प व्यवस्थापनको काम भइरहेको छ ।

सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार छिट्टै नै निर्माणको काम थाल्नेगरी तयारी भइरहेको छ । आयोजनाले विभाजन गरेको ११ वटा प्याकेजमध्ये प्याकेज १ र २ मा सुरुङ निर्माणलाई राखिएको छ । ‘दुबै प्याकेजमा साइट क्याम्प र पूर्व तयारीको काम भइरहेको छ,’ उनले भने, ‘डिजाइन स्वीकृत भएकाले सो अनुसारको काम गर्न सर्भे जारी छ ।’ आगामी महिनाभित्र सुरुङ खन्ने काम नै थाल्नेगरी तयारी भइरहेको सेनाले जनाएको छ ।

दुबै प्याकेजको सुरुङ निर्माणको ठेक्का चाइनिज कम्पनीले पाएका छन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले छोक्रेडाँडादेखि धेद्रेसम्म ३।३५५ किलोमिटर सुरुङ निर्माणको ठेक्का पाएको हो । जसको ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ  । चाइनिज निर्माण कम्पनी पोली च्याङ्दाले धेद्रेदेखि लेनडाँडासम्म ३।०३ किलोमिटर सुरुङ निर्माण गर्ने ठेक्का पाएको हो । जुन खण्डको ठेक्का रकम २८ अर्ब ५३ करोड छ । दुबैको ठेक्का २०७८ वैशाख ३१ गते भएको हो ।

समग्र आयोजनाको निर्माण समयावधि २०८१ मंसिर मसान्तसम्म मात्र छ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति १६ दशमलव १० प्रतिशत छ । चालु आर्थिक वर्षमा थप ५ दशमलव १० किलोमिटर सडक निर्माणको काम गर्ने लक्ष्य रहेको सेनाको जनायो । सेनाले सुरुङ र पुलको निर्माण सुरु भएपछि भौतिक प्रगति पनि बढ्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment