Comments Add Comment

Advertisment

SKIP THIS

ढुंगाले लागेर फास्ट ट्रयाकका एक कामदारको मृत्यु, एक जना घाइते

९ साउन , काठमाडौ । ढुंगाले लागेर तराईरमधेस ‘फास्ट ट्रयाक’ (द्रुतमार्ग) सडक आयोजनामा काम गर्ने एक जना कामदारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

फास्ट ट्रयाक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ चालिसे डाँडास्थित सुरुङ मार्ग भित्र काम गर्ने क्रममा ढुंगाले लागेर एक जना कामदारको मृत्यु भएको हो ।

यस्तै घटनामापरी अर्का एक जना कामदार गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुरुङ भित्र काम गर्ने क्रममा ढुंगाले लागेर बाराको निजगढ नगरपालिका घर भएका २७र२८ वर्षको विमल थिङको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै तनहुँ घर भएका अर्का २७र२८ वर्षीय राजु विक गम्भीर घाइते भएका छन् । उनको ढाडँ र कम्मरमा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । घाइते विकको हेटौंडा–११ स्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार दिउँसो साँढे ३ बजेको समयमा फाष्ट ट्रयाकको सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगा उनीहरूलाई लागेको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment