जुम्लामा कल्भर्ट भत्काउने क्रममा कामदारको मृत्यु, तीन जना घाइते -
Comments Add Comment

Advertisment

SKIP THIS

जुम्लामा कल्भर्ट भत्काउने क्रममा कामदारको मृत्यु, तीन जना घाइते

२२ असार , काठमाडौ । जुम्लाको पातारासी गाउँपालिकामा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु तीन जना घाइते भएका छन् ।

पातारासी गाउँपालिका-१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको हो ।

पुल भत्किँदा च्यापिएर पातारासी गाउँपालिका-१ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जुम्लाका सुचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए ।

यस्तै, घाइते हुनेमा पातारासी गाउँपालिका-१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय शुरेस बुढा र १६ वर्षीय धन ऐडी घाइते भएका छन् । घाइते तीन जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । उनीहरू अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै