५ साउन , काठमाडौ । “नेपाल प्रहरि श्रीमती संघ, कर्णाली प्रदेश” को कार्यसमित गठन भएको छ । मिति २०८० श्रावण ५ गते कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) मा बैठक बसि कार्यसमित गरिएको हो ।
उक्त बैठकबाट श्रीमती बिन्दु अधिकारी ढकालज्यूलाई अध्यक्ष र देहायबमोजिमको पदाधिकारी रहने गरी कार्यसमित गठन गरिएको छ ।
निम्न :
अध्यक्ष : श्रीमती बिन्दु अधिकारी ढकाल ,नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
उपाध्यक्ष : श्रीमती जानका शाह ,नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
उपाध्यक्ष : श्रीमती प्रिया निरौला भट्टराई ,नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सचिव : श्रीमती सुष्मा शाह ,नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सह सचिव : श्रीमती सरिता गौतम ,नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सह सचिव : श्रीमती सुष्मा थापा लम्साल ,नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
कोषाध्यक्ष : श्रीमती पुष्पा पाल शाही ,नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सदस्य : श्रीमती बिना कुमारी शाही ,नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सदस्य :श्रीमती चन्द्रा बडुवाल बिष्ट, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सदस्य :श्रीमती सुकमाया सुनार ,नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सदस्य : श्रीमती कल्पना गिरी , नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सदस्य : श्रीमती बन्दना कुमारी बिष्ट , नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
कार्यक्रममा तालिम केन्द्र परिसरमा वृक्षारोपण समेत गरिएको थियो । कार्यक्रममा अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल ज्यूले “नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश”ले आगामि दिनहरुमा कर्णाली प्रदेशभित्र महिला सशक्तिकरणलाई मूर्त रुप दिनुका साथै विभिन्न सिपमुलक, आय आर्जन र सिर्जनात्मक एवम् जनहित तथा सचेतना अभिवृद्धिका कार्यहरु निरन्तर गर्ने कुरा बताउनु भयो ।
उहाँ कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी भिम ढकालज्यूको धर्मपत्नी हुनहुन्छ । त्यसैगरी प्रमुख अतिथि डिआईजी भिम ढकालज्यूले सेवा नै धर्म हो भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र सेवकका श्रीमतीहरुलाई सामाजिक तथा राष्ट्रसेवाको लागि अभिप्रेरित गरिमामय संगठित यस्तो कल्याणकारी संस्थाको उन्नति र प्रगतिमा आफुले हरबखत रचनात्मक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।








