Comments Add Comment

Advertisment

SKIP THIS

इमान्दार र हक्की स्वभावका आईजी कुँवर

९ साउन , काठमाडौ । नेपाल प्रहरीका ३० औं महानिरीक्षक (आईजी) हुन्, बसन्त बहादुर कुँवर । २८ मार्च १९७० जन्मिएका कुँवर नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निणर्यअनुसार आईजी नियुक्त भएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवर वि।सं। २०५१ चैत ५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन् । त्यसको १२ वर्षपछि २०६३ भदौ ८ गते कुँवर प्रहरी नायब उपरीक्षक (डिएसपी) मा पदोन्नती भएका हुन् ।

डिएसपी भएको ८ वर्षपछि २०७१ फगुन १० गते प्रहरी उपरीक्षक (एसपी) मा पदोन्नती भएका कुँवर चार वर्षपछि २०७५ फागुन ६ गते प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० मा बढुवा भएका हुन् ।

एसएसपी भएको चार वर्षपछि २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक ९डिआईजी० मा पदोन्नती भएका कुँवर ९ महिनापछि २०७९ चैत ६ गते प्रहरी अतिररिक्त महानिरीक्षक ९एआईजी० भएका हुन् । एआईजी भएको चार दिनपछि आईजी बन्ने सौभाग्य पाए ।

त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गरेका आईजी कुँवर अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन २०७३ तर्फ सर्वोत्कृष्ट हुन सफल भई पुलिस व्याटन प्राप्त गरेका थिए ।

प्रहरी सेवाको दौरानमा आईजी कुँवर विभिन्न विभुषणबाट विभूषित समेत भएका छन् । सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदकलगायतका विभूषणबाट विभूषित भएका हुन् ।

साथै उनले प्रहरी निरीक्षक आधारभूत तालिम, मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, इन्भेस्टिगेटिभ इन्टरभ्यु ट्रेनिङ कोर्ष समेत गरेका छन् ।

त्यस्तै जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट, स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम गरेको अनुभव कुँवरसँग छ ।

ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभी एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम गरेका कुँवर अपराध व्यवस्थापन कोर्षमा समेत दख्खल राख्ने अधिकृतको रुपमा चिनिन्छन् ।

करप्सन एण्ड फाइनान्सियल इन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम गरेका कुँवर प्रहरी संगठनमा इमान्दार र हक्की स्वभावको रुपमा समेत चिनिन्छन् ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-९ तुम्कोटमा भिम बहादुर कुँवर र नम कुमारी कुँवरको कोखबाट वि।सं। २०२६ चैत १५ गते जन्मिएका आईजी कुँवरका श्रीमती लक्ष्मी पराजुली कुँवर र २ छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment