Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको ४८ लाखसहित कपिलवस्तुबाट प्रहरीले सुनिलकुमार गुप्तालाई पक्राउ

काठमाडौं । कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रुपियाँ र नेपाली रुपियाँसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कपिलवस्तु नगरपालिकाको आन्दोलन चोकस्थित रामदेव बर्माको घरबाट ४८ वर्षीय सुनिलकुमार गुप्तालाई ४८ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय रामदेव बर्माको घरमा भाडामा लिएर अवैध रुपमा भारतीय रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले बताए ।

गुप्ताले कोठामा लुकाई छिपाई राखेको (स्रोत नखुलेको) २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपियाँ गरी ४८ लाख पाँच हाजर १२७ रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई बरामद भएको रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै