Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको टोखाबाट १० लाख ४४ हजार नगदसहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ

काठमाडौंको टोखाबाट १२ जना जुवाडे पक्राउ परेका छन्।

आइतबार राति ९ बजे टोखा मिलन टोलस्थित एक होटलबाट जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले जानकारी दिए।

प्रहरी वृत्त महाराजगन्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरूलाई राजेन्द्रप्रसाद जोशीले सञ्चालन गरेको सेती गण्डकी गेष्ट हाउसबाट १२ जनालाई पक्राउ गरेको हो।

उनीहरूबाट १० लाख ४४ हजार ५०० नेपाली नगद र २५ सय भारू बरामद गरिएको डिएसपी अधिकारीले जानकारी दिए।

प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै