Comments Add Comment

Advertisment

SKIP THIS

गोंगबुको गेष्टहाउसबाट वडाध्यक्षसहित १२ जना जुवाडे प्रहरीले पक्राउ : १० लाख ८२ हजार बरामद

काठमाडौं– टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित एक गेष्टहाउसबाट वडाध्यक्षसहित १२ जनालाई जुवा खालबाट प्रहरीले पक्राउ गरेको छ।

उनीहरुबाट १० लाख ८२ हजार ५ सय रुपैयाँ पनि बरामद भएको छ। जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले आइतबार राति सेतीगंगा गेष्टहाउसबाट १२ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–५ घर भएका सोही वडाका वडाध्यक्ष ३६ वर्षीय राम श्रेष्ठसमेत १२ जना रहेका छन्।

वडाध्यक्ष श्रेष्ठसँगै बैतडीको दशरथ चन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय सूर्य भट्ट, रोल्पाको माडी गाउँपालिका–२ घर भएका ३२ वर्षीय सरोज खत्री, दाङको घोराही नगरपालिका–१ घर भएका ३२ वर्षकै धीरज शाह, बैतडीको पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्रबहादुर थापा, कैलालीको घोडाघोडी नगरपालिका–५ घर भएका ३६ वर्षीय जयबहादुर ढुंगाल, बैतडीको पुर्चौडी नगरपालिका–८ घर भएका ५२ वर्षीय कालो सिंह धामी रहेका छन्।

यस्तै दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका ३४ वर्षीय विश्वनाथ कार्की, गोरखाको आरुघाट गाउँपालिका–५ घर भएका ३४ वर्षीय अर्जुन गुरुङ, काठमाडौं–१५ स्वयम्भूका ४० वर्षीय अजित रिजाल, दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका ४० वर्षीय किरण थापा, बैतडीको दशरथचन्द नगरपालिका–४ घर भई नयाँ बसपार्कमा गेष्टहाउस चलाउँदै आएका ४८ वर्षीय राजेन्द्रप्रसाद जोशी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै