Comments Add Comment

Advertisment

SKIP THIS

ललितानिवास जग्गा प्रकरणमा विजय गच्छदारसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चारजना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको हो ।

 

पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको स्रोतले बतायो ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप लागेको छ ।

सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै