Comments Add Comment

Advertisment

SKIP THIS

सुन तस्करी काण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ : कांग्रेस नेता कोइराला

२८ साउन ,काठमाडौ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सुन तस्करी काण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् ।

संसदीय दलको बैठकमा नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनेको उल्लेख गर्दै यसबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नु आवश्यक रहेको बताए ।

पछिल्लो केही समययता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समितिको गठन गर्नुपर्ने माग गर्दै आएको छ । एमालेले उच्चस्तरीय समिति गठनको माग गर्दै संसद अवरुद्ध पनि गर्दै आएको छ ।

कांग्रेस नेता कोइरालाले पनि एमालेले माग गरेजस्तै उच्चस्तरीय समिति गठन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment