सार्वजनिक यातायातमा पाकेटमारी गर्ने ५ जना पक्राउ : प्रहरीले २५ हजार पैसा बरामद -
Comments Add Comment

Advertisment

SKIP THIS

सार्वजनिक यातायातमा पाकेटमारी गर्ने ५ जना पक्राउ : प्रहरीले २५ हजार पैसा बरामद

काठमाडौं । सार्वजनिक यातायातमा पाकेटमारी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

भक्तपुर–कंलकी रुटमा चल्ने बा३ख २४४४ नम्बरको क्षेत्रिय यातायातमा पाकेट मारेको ओरापमा उनीहरू पक्राउ परेका हुन् ।

 

भक्तपुरदेखि कलंकीसम्म चल्ने उक्त बसमा रौतहट घर भइ हाल जडिबुटी बस्ने ३५ वर्षीय इनरजित साह र २५ वर्षका शिवपुजन साहलगायतलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।

इनरजितको साथबाट १५ हजार तथा शिवपुजनको साथबाट १० हजार रुपैयाँ पाकेट मोरको पैसा पाइएको प्रहरीले जनाएको छ ।

घटनाको खबर पाउनासाथ प्रहरी बित्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरी पाकेटमारीमा संलग्न ५ जनालाई रकमसहित नियन्त्रण लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै