Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका घलेलाई छाउनीबाट पक्राउ

काठमाडौं : बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

नुवाकोटको साविक कबिलास गाबिस–७ हाल परिवर्तित पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्दै आएका ३८ वर्षीय सन्तोष घलेलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका उनलाई प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरेको हो ।

आवश्यक कारवाही तथा अनुसन्धानका लागि महाराजगञ्जस्थित प्रहरी वृत्तमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै