Comments Add Comment

रूकुम पश्चिममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ

रूकुम पश्चिममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिवी बोहरा छन्।

उनलाई बिहिबार दिउँसो प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले पक्राउ गरेको हो।

बोहराविरूद्ध १३ वर्षीया बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा लगि जबरजस्ती करणी गरेको उजुरी परेको थियो।

सोही उजुरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै