Comments Add Comment

Advertisment

SKIP THIS

बाँके जमुनाहा प्रहरीले सिमाबाट ५० ग्राम ब्राउन सुगरसहित १ भारतीय युवक पक्राउ

३० कात्तिक काठमाडौ ।  भारतसंग सिमा जोडिएको बाँके जिल्ला अन्तरगत जमुनाहा नाकाबाट भारतीय एक युवक ५० ग्राम ब्राउन सुगर सहित रङ्गेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बहराइच जिल्ला लक्ष्मनपुर बाबा गाउँका २४ वर्षीय नसिब अहमद रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज वरिष्ठ सई माधव रिजालले जानकारी दिनु भयो ।

वरिष्ठ सई रिजालका अनुसार अहमद भारतबाट नेपाल आउदै गर्दा जमुनाहा चेक पोस्टमा चेकजाँच गर्ने क्रममा उनले लगाएको पाइन्टको भित्री गोजीबाट ५० ग्रामको ब्राउन सुगर फेला परेपछि उनी रङ्गे हात पक्राउ परेका हुन् ।

पक्राउ परेका अहमदलाई थप अनुसन्धानको लागि नियन्त्रणमा ल्याइ हिरासतमा राखिएको छ भने उक्त ५० ग्राम ब्राउन सुगरको बजार मुल्य २ लाखबराबर रहेको र कानुनी सजाय हदैसम्मको हुने जमुनाह प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै