Comments Add Comment

Advertisment

SKIP THIS

‘आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आयो’

१४ असोज , काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आएको बताएका हुन्। उनले पार्टीहरू चुनाव जित्न केन्द्रित भएको आरोप लगाएका हुन् ।

उनले राजनीतिक दल र व्यवस्था जनताको लागि नभएर निश्चित नेताको पद प्राप्तिका लागि उपयोग हुन थालेको भन्दै सङ्घर्षका लागि तयार रहन आह्वान गरेका छन् । उनले चुनाव जित्नका लागि मात्रै गठबन्धन भएको आरोप समेत लगाए। थापाले अहिलेको सरकार डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न चुकेको पनि बताए।

थापाले आपतकालीन बैठक बसेर तीनै तहका सरकार मिलेर अस्पतालको व्यवस्थापनदेखि डेङ्गु नियन्त्रणका लागि साझा योजनाबाट काम गर्नुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै