Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले २ सय ९ किलो गाँजासहित तीन जनालाई पक्राउ

३१ असार,काठमाडौ । हेटौंडाको दुई स्थानबाट प्रहरीले २ सय ९ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ रातमाटे र हेटौंडा–१९ नेवारपानीबाट बुधबार २ वटा ट्रकबाट २ सय ९ किलो गाँजासहित तीन जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी जयश्वर रिमालका अनुसार बुधबार हेटौँडाबाट बारातर्फ जाँदै गरेको बि।आर ०१ जी।जी ९४९५ नम्बरको भारतीय ट्रकलाई विषेश सूचनाको आधारमा चकजाँच गर्दा १६९ किलो लागूऔषध गाँजा बरामद भएको हो ।

डीएसपी रिमालका अनुसार उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने बर्ष ३० को रविन्द्र राय र सोही स्थान बस्ने ट्रकका सह–चालक बर्ष ३१ को मुक्तार सैफिकलाई पक्राउ गरिएको हो ।

यस्तै बुधबार बिहान करिब ७ बजेको समयमा हेटौंडा–१९ नेवार पानीबाट ना ६ ख ३७४१ नं। को कन्टेनरमा लुकाई छिपाइ ल्याएको ४० किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सो सडक खण्डमा मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्दा सो परिमाणमा लागुऔषध गाँजा फेला परेको डीएसपी रिमालले बताए । उक्त कन्टेनरका सह–चालक नुवाकोटका १९ वर्षीय दीपक गुरुङलाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment