Comments Add Comment

Advertisment

SKIP THIS

स्पेनिस ला लिगा : मड्रिड डर्वी भिडन्त आज

२६ मंसिर काठमाडौ । स्पेनिस ला लिगाका चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिड र एट्लेटिको मड्रिडबीचको भिडन्त आइतबार मध्यराति हुँदै छ । सिजनको पहिलो ‘मड्रिड डर्वी’ सान्टियागो बर्नबेउमा नेपाली समय अनुसार राति पौने २ बजे हुनेछ ।

‘एल क्लासिक’ पछि सर्वाधिक रुचाईएको प्रतियोगिता हो, ‘मड्रिड डर्वी’ । पछिल्लो समय रियलबाट क्रिष्टियोना रोनाल्डो र बार्सिलोनाबाट लियोनल मेस्सीले बाहिरिएसँगै चर्चा मड्रिड डर्वीको रहँदै आएको छ ।

घरेलु मैदानमा हुने खेलमा रियल मड्रिड एट्लेटिकोलाई पराजित गर्दै शीर्षस्थान कायम राख्न चाहन्छ । यता, एट्लेटिको भने रियल मड्रिडलाई पराजित गर्दै तालिका सुधार गर्ने दाउमा हुनेछ ।

जारी लिगमा १६ खेलबाट रियलले ३९ अंक जोडेको छ । यता, एट्लेटिको भने १५ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा छ ।

आइतबार नै हुने ला लिगाको खेलमा बार्सिलोनाले ओसासुनासँग प्रतिस्पर्धा गर्ने छ । जारी लिगमा खराब लयमा रहेको बार्सिलोना १५ खेलबाट २३ अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै