विमानस्थलबाट सुरक्षा जाँचपास भएको गाँजा हङकङमा बरामद -
Comments Add Comment

Advertisment

SKIP THIS

विमानस्थलबाट सुरक्षा जाँचपास भएको गाँजा हङकङमा बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा जाँचपास भएर प्रतिबन्धित लागूऔषध गाँजा हङकङ पुगेको छ ।

गत साउन २६ मा काठमाडौंबाट हङकङका लागि उडेको नेपाल एयरलाइन्सको जहाजबाट कार्गो सामानमा प्रतिबन्धित लागूऔषध गाँजा भेटिएको हो ।

सामानमा लागूऔषध भेटिएपछि हङकङ प्रहरीले यसबारे नेपाल प्रहरीलाई जानकारी गराएको छ ।

कार्गोबाट पठाइएको सामानभित्र लागूऔषध बरामद भएपछि यसबारे प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले अनुसन्धान अघि बढाएको बताइएको छ ।

कति परिमाणमा लागूऔषध बरामद भएको भन्नेबारे भने खुलेको छैन ।

हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । हाल सो बारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै