६० किलो सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष सफर पक्राउ -
Comments Add Comment

६० किलो सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष सफर पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिव कुमार सराफलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थलबाट बरामद ६० किलो सुन तस्करीमा उनको पनि संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

उनले सुन ओसारपसारमा भूमिका खेलेको खुलेको छ । पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने बताइएको छ ।

उनीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै