Comments Add Comment

Advertisment

SKIP THIS

नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ

काठमाडौं । नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले अमेरिकामा बसेर नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई पक्राउ गरेको हो।

 

गौतमलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले भारत हुँदै नेपाल आउने क्रममा भैरहवाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका गौतमविरुद्ध प्रहरीले मानव बेचबिखत तथा ओसारपसारका साथै संगठित अपराधको कसुर पनि लगाएको छ ।

पक्राउ परेपछि उनले अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गर्दै दुई सय जनालाई अमेरिका लगिसकेको र १३ जना अहिले पनि बाटोमा भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै