लेख्दा लेख्दै कथा भूलेँ
रूदा रूदै खुशी भूलेँ
यतै कतै थिए अनुभूति
अक्षरहको बान्की भूलेँ।
कुन राम्रो कुन नराम्रो
दुबै बीचको अन्तर भूलेँ
दिन थियो रात थियो
हरेक प्रहरको याद भूलेँ।
हाँसो थियो आँशु थियो
दुबै बीचको भिन्नता भूलेँ
माया थियो प्रेम थियो
हरेक सम्बन्धको अर्थ भूलेँ।
साथ थियो सम्बन्ध थियो
दुबै बीचको अबस्था भूलेँँ
मन थियो बिश्वास थियो
हरेक सम्बन्धको आस्था भूलेँ।
कथा थियो ब्यथा थियो
दुबै बीचको अबस्था भूलेँ
जीवन थियो शैली थियो
यसै बीचको अबस्था भूलेँ।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।


