Comments Add Comment

Advertisment

SKIP THIS

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनबाट सिङ्गो राष्ट्र शोकाकुल छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनबाट सिङ्गो राष्ट्र शोकाकुल भएको बताएका छन् ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका एक उदाहरणीय नेताको निधनबाट हामी सबै शोकाकुल भएको बताए ।

गृहमन्त्री श्रेष्ठले भने,’नेपालको राजनीतिक तथा लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकामा नेम्वाङलाई नेपाली जनताले पुस्तौँ पुस्तासम्म स्मरण गरिरहनेछन् ।’

संविधानसभा अध्यक्ष नेम्वाङको निधनबाट नेपालको राजनीति, समाजलाई क्षति पुगेको उनले उल्लेख गरे । गृहमन्त्री श्रेष्ठले संसद्मा कुनै विषय जटिल बन्यो भने सबैले नेम्वाङको खोजी गर्ने गरेको स्मरण गरे ।

अनुचित लेनदेन वा मिटरव्याजीसम्बन्धी विधेयक संसद्मा जटिल अवस्थामा पुगेको अवस्थामा त्यसलाई संसद्बाट पारित गरेर कानुन बनाउने दिशातर्फ निर्णायक भूमिका खेल्ने काम नेम्वाङबाट नै भएको उनले स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै