Comments Add Comment

Advertisment

SKIP THIS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो सुनसहित केही व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन जना काठमाडौैं प्रहरी परिसरले पक्राउ गरेको हो ।

 

दोङले उतैबाट सुन बोकेर आएका थिए । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको हो ।

त्यसको व्यवस्थापन गर्न खटिएका अन्य दुई जना भने काठमाडौंमै थिए । दोङसँगको सम्पर्क खुलेपछि दुई जनालाई पनि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला थप सुन आइरहेको भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै