Comments Add Comment

Advertisment

SKIP THIS

अल्बानिया पठाईदिन्छु भन्दै २ लाख ७२ हजार ठगी गर्ने सुधा चौधरीलाई प्रहरीले पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अल्बानिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका घर भई हाल काठमाडौंको सिनामंगल बस्ने २५ वर्षीय सुधा चौधरी रहेकी छिन् ।

वैदेशिक रोजगारीका लागि अल्बानिया पठाउने भन्दै ठगी गरेको आरोपमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेको चौधरीले उत्तम राजवंशीलाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि अल्बानिया पठाई दिने भन्दै २ लाख ७२ हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयका अनुसार ७२ हजार रुपैयाँ मासिक कमाई हुने भन्दै उनले ठगी गरेकी थिइन् । उनलाई काठमाडौंको सिनामंगलबाट भदौ २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै