Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी सेवामा ९ वर्ष देखी कार्यरत रहेका कुकुरहरू K-9 रिटायर भए

काठमाडौं – बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा केनाईन शाखामा विगत ९ वर्ष देखी कार्यरत रहेका Labrador जातको SHERE तथा German shepherd जातका TIGER र JOHN नाम गरेका कुकुरहरू आफ्नो प्रहरी सेवा पुरा गरी प्रहरी कुकुर ( K-9) हरूको विषयगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन-२०८० बमोजिम सेवा निवृत्त भएका छन् ।

जोन र शेरे नामका कुकुरहरूले आफ्नो सेवा अवधिमा १२०० पटक लागू औषध खोजी गरी विभिन्न समयमा सफलता हासिल गरेका थिए भने टाईगर नामको कुकुरले सुरक्षाको लागि ७०० पटक विशिष्ट व्यक्तिहरूको समारोह स्थल, बाटो, संसद भवन लगायत विभिन्न स्थानमा चेकजाँच गरी आफ्नो जिम्मेवारी निर्वाह गरेको थियो ।

यस्तै बागमती प्रदेश अन्तर्गत जिल्लाहरूमा घटेका जघन्य प्रकृतिका शंकास्पद घटनाहरूमा अपराधीको पहिचान गरी अपराध अनुसन्धान गर्नमा समेत उल्लेखित प्रहरी कुकुरहरूको उत्कृष्ट भुमिका रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै